३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड भदौमा चीन जाने


0
Shares

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौमा चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड भदौमा चीन जाने खुलासा परराष्ट्रमन्त्री एनपी साउदले गरेका हुन् ।

सोमवार सार्वजनिक कार्यक्रममा साउदले प्रधानमन्त्री प्रचण्ड भदौमा चीन जाने बताएका हुन् । प्रचण्ड जेठमा भारत भ्रमणमा गएका थिए ।

प्रचण्ड स्वयंले चाँडै चीन भ्रमण गर्ने बताइसकेका छन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताहरुले जेठ र असार महिनामा चीनको भ्रमण गरिसकेका छन् । सुरुमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा र पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गए ।

सापकोटाले प्रचण्डले भदौतिर चीन भ्रमण गर्नसक्ने बताएका थिए । श्रेष्ठले चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा चासो दिएको बताएका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि नेपालमा चीनको सक्रियता बढेको छ । चीनले बीआरआई कार्यान्वयन भइसकेको दाबी गरेको छ । चीनसँगको केही सीमानाकाहरु पनि खुलेका छन् । दुवै देशबीच उच्चस्तरीय भ्रमणहरु बढेका छन् ।

प्रतिक्रिया