८ मंसिर २०८१, शनिबार | November 23, 2024

ज्याक मा को रहस्यमय नेपाल भ्रमण, कहाँ के के गरे


83
Shares

काठमाडौं, १४ असार । अलिबाबाका संस्थापक हुन् चिनियाँ अर्बपति ज्याक मा । उनीबारे विश्वकै मिडियाको चासो रहनेगर्छ । ज्याक मा कुनै विशेष कारण विना भ्रमण गर्दैनन् । उनको प्रत्येक सेकेण्डको आर्थिक महत्व हुन्छ ।

यसपटक ज्याक माँ तीन दिन नेपालमा रहे । मंगलवार नेपाल आएका उनी बिहिबार रातिमात्र यहाँबाट उडे । नेपाल भ्रमण गरेर पाकिस्तान गए । उनी मंगलवार चाटर्ड विमानबाट काठमाडौं आएर बिहिवार राति पाकिस्तानको लाहौर गएका हुन् ।

बिहिवार रातको सवा ११ बजे ज्याक मा चढेको विमान त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

ज्याक मा नेपाल बसाईका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भु पुगेका थिए । उनी बुधवार कालिमाटी तरकारी बजार पुगेर कारबाटै अवलोकन गरेका थिए ।

ज्याक मा ले भक्तपुर दरबार क्षेत्रमा रहेको हस्तकलाका सामान पाइने पसलबाट केही सामान पनि खरिद गरेका थिए ।

होटल द्वारिकाजमा बसेका ज्याक मा किन नेपाल आए भन्ने अझै खुलेको छैन । बँगलादेशको ढाकाबाट मंगलवार ज्याक मा काठमाडौं उत्रिएका थिए ।

प्रतिक्रिया