१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डनिकट भनिएका मीनबहादुर गुरुङ किन पक्राउ परे ?


0
Shares

काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ देशका गनेचुनेका व्यवसायी हुन् । उनले सञ्चालनमा ल्याएको भाटभटेनीको शाखा देशभर विस्तार भइरहेको छ । हजारौंले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी समेत पाइरहेका छन् ।

मीनबहादुर गुरुङ माओवादी द्वन्द्वकालमा धन बढाउन सफल व्यवसायी हुन् । त्यतिबेला धेरैको उद्दोगधन्दा व्यापार व्यवसाय धराशायी हुँदा मीनबहादुरको भने उन्नति भयो । उनको माओवादी नेताहरुसँगको निकटताको विषय पछिसम्म चलिरह्यो ।

सम्पत्ति विस्तारका क्रममा उनले ललिता निवासको जग्गामा समेत आँखा गाडे । त्यहाँको जग्गा बढी खरिद गर्नेमा उनै पर्छन् । यो प्रकरणमा मुछिएका उनी फरार समेत भए । अहिले प्रहरीले मीनबहादुर गुरुङलाई पक्राउ परेको छ ।

प्रचण्ड प्रधानमन्त्री हुँदा मीनबहादुर पक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । उनलाई किन पक्राउ गरियो भन्ने प्रहरीले प्रष्ट पारेको छैन । ललिता निवास प्रकरणमा हो या अन्य कुनै प्रकरणमा यसबारे अनुसन्धान बढेको बुझिएको छ ।

मीनबहादुरकी छोरी पूर्वप्रधानसेनापति छत्रमान गुरुङकी बुहारी पनि हुन् । उनको सम्बन्ध शक्तिशाली निकायसम्म छ । यसकारण पनि लामो समय प्रहरीले मीनबहादुरलाई पक्राउ गरेन । यसपटक भने प्रचण्डकै अनुमति लिएर प्रहरीले पक्राउ गरी कारबाही बढाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया