३ माघ २०८१, बिहिबार | January 16, 2025

हंशराज वाग्लेले यी न्यायाधीशहरुलाई घूस खुवाएकै हुन् ?


0
Shares

काठमाडौं, ११ असार । विराटनगर उच्च अदालतका न्यायाधीशहरु कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईमाथि घूस खाएको आरोप लागेको छ । उनीहरुलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले घूस खाएको आरोप लगाएका हुन् ।

२२ जेष्ठमा न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले प्रदेश खेलकूद बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई पदबाट हटाउने निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । अन्तरिम आदेशमा पदबाट तत्काल नहटाउने भनिएको छ ।

वाग्लेले झापाको दमकमा वैशाख १४ देखि १६ सम्म आयोजना भएको प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेशको नाम लेखेनन् । त्यसपछि दुईपटक स्पष्टिकरण सोधियो । चित्तबुझ्दो जवाफ नआएपछि उनलाई पदबाट बर्खास्त गरियो ।

वाग्लेले कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिटमा सुनुवाई हुँदा उनको पक्षमा अन्तरिम आदेश जारी भयो । त्यसपछि मन्त्री राजभण्डारी कुर्लिए ।

आफू जेल जान तयार भएको तर न्यायाधीशले घूस खाएको बोल्ने बताए । हंशराज वाग्ले पूर्व भलिबल खेलाडी हुन् । उनी म्यानपावर व्यवसायी पनि हुन् । पैसाको चलखेलमा माहिर भएकाले वाग्लेले घूस खाएको आरोपमा बल पुगेको छ ।

प्रतिक्रिया