३१ भाद्र २०८१, सोमबार | September 17, 2024

विवादका बीच ‘आदिपुरुष’ ले बक्स अफिसमा बनायो अनौठो रेकर्ड


0
Shares

एजेन्सी, ९ असार । अनेकौं विवादमा परेको ‘आदिपुरुष’को कमाई दिनानुदिन घटिरहेको छ । यति हुँदाहुँदै पनि यो फिल्मले धेरै अनौठो कीर्तिमान आफ्नो नाममा दर्ता गराएको छ ।

ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मको संवाद र पात्रको कमजोर चित्रणलाई लिएर निकै हंगामा भएको छ । चलचित्र प्रतिबन्ध लगाउन पनि माग गरिएको छ । यति हुँदाहुँदै पनि प्रभास–कृति स्टारर फिल्मले लगातार अनौठो रेकर्ड बनाइरहेको छ ।

सबै विवादको सामना गर्दै ‘आदिपुरुष’ ले ओपनिङ वीकेन्डमा राम्रो काम ग¥यो, तर पछि यसको कलेक्शनमा लगातार गिरावट आएको थियो, तर पनि फिल्मले विश्वभर ४०० करोडभन्दा बढी कमाइ गरेको छ भने भारतमा पनि फिल्मले कलेक्सन गरेको छ । २६० करोड नाघेको छ । यससँगै फिल्मको नाममा धेरै कीर्तिमान बनेका छन् ।

‘आदिपुरुष’ ले रिलिजको पहिलो दिन बम्पर कमाई गर्दै सबैभन्दा ठूलो ओपनर फिल्मको कीर्तिमान बनाएको छ । फिल्मले पहिलो दिन सय करोड कमाएको थियो । जसपछि यो फिल्म रिलिजको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

‘आदिपुरुष’ ले दुई दिनमै विश्वभर २४० करोड कलेक्सन गर्ने कीर्तिमान पनि तोडेको छ । शाहरुख खान स्टारर यो फिल्मले २०१९ करोडभन्दा बढीको कमाइ गरेको छ ।

‘आदिपुरुष’ स्टार प्रभासका बाहुबली, बाहुबली २ र साहोले १०० करोडभन्दा बढी कमाइ गरेका फिल्म हुन् । योसँगै अभिनेताको ‘आदिपुरुष’ पनि १०० करोड क्लबमा सामेल भएको छ । यस्तो अवस्थामा प्रभासको चौथो फिल्म यो एलिट क्लबमा सामेल भएको छ ।
प्रभास पहिलो साउथ अभिनेता बनेका छन् जसको मूल हिन्दी फिल्मले १०० करोडको आँकडा पार गरेको छ ।

अर्कोतर्फ, आदिपुरुषको उत्कृष्ट ओपनिङ वीकेन्डपछि हरेक दिन घट्दो कमाई पनि अनौठो कीर्तिमान हो । दोस्रो शुक्रबार फिल्मले ३.२५ करोड मात्रै कमाएको थियो ।

‘आदिपुरुष’ ६ सय करोडको ठूलो बजेटमा बनेको हो । फिल्ममा प्रभासले राघव, कृति सेननले जानकी, सन्नी सिंहले लक्ष्मण र सैफ अली खानले लंकेशको भूमिका निर्वाह गरेका छन्। ओम राउतले निर्देशन गरेको यस फिल्मका संवादहरू मनोज मुन्तासिरले लेखेका हुन्, जसलाई लिएर निकै विवाद चुलिएको छ ।

प्रतिक्रिया