१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जसले आफू अध्ययन गरेको संस्थालाई ३ अर्ब १५ करोड अनुदान घोषणा गरे


0
Shares

एजेन्सी, ६ असार । शिक्षाको महत्व त्यसलाई हुन्छ जसले लिएको शिक्षालाई सही कार्यान्वयन गर्छ । उसले आफ्ना गुरु र शिक्षा लिएको संस्थालाई सम्झदैन मात्र दिल खोलेर सहयोग पनि गर्छ । त्यस्तै गरेका छन् इन्फोसिसका सह संस्थापक नन्दन निलेकानीले ।

आफू अध्ययन गरेको आइआइटी बम्बेलाई निलेकानीले ३ अर्ब १५ करोड भारु अनुदानको घोषणा गरेका छन् । सन् १९७३ मा निलेकानीले इलेक्ट्रिक इन्जिनियरिङका लागि आइआइटी बम्बेमा भर्ना भएका थिए । त्यही ज्ञानले उनी विश्वका अर्बपति मध्येका भएका छन् ।

निलेकानीले यसअघि ८५ करोड अनुदान दिएका थिए आइआइटी बम्बेलाई । अहिलेसम्म उनले ४ अर्ब अनुदान गरिसकेका छन् ।

आइआइटी बम्बेले अनुदान रकम पूर्वाधार र रिसर्चमा खर्च गर्ने जनाएको छ ।

भारतमा शैक्षिक संस्थाहरुलाई अनुदान दिने प्रतिष्पर्धा नै चलेको छ धनाढ्यहरुबीच । रिसर्च गर्ने विद्यार्थीका लागि प्रत्येक वर्ष दिइने दशौं हजार भारुको अनुदानको प्रोत्साहन यस्तै अनुदानहरुबाट प्राप्त हुन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया