८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

ऋणको जालो छोप्न जर्बजस्ती अन्तर्राष्ट्रिय उडान, पोखराबाट चीन जाने यात्रु सून्य


0
Shares

काठमाडौं, ६ असार । चीनको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयभन्दा ढिलो निर्माण पूरा भयो । २०२३ को जनवरीमा तामझामका साथ उदघाटन पनि भयो । उदघाटनको झण्डै छ महिनापछि सुरु भएको अन्तर्राष्ट्रिय उडान पहिलो गाँसमै ढुंगा भएको छ ।

१५८ सिट क्षमताको चेन्डुबाट आएको सिचुवान एयरलाइन्समा ८४ जना यात्रु ओर्लिए । उनीहरु नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभलबाट सहभागी हुन आएका हुन् । पोखराबाट काठमाडौं अनि छेन्दुका लागि उडेको विमानमा पोखराबाट काठमाडौं जाँदा भने कुनै यात्रु थिएनन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार चाटर्ड उडान भएकाले एकतर्फी मात्र यात्रु हुनसक्छन् । तर, काठमाडौंबाट नियमित उडान अनुसार यात्रु लिएर गएको छ विमान । चेन्दुबाट पोखर अनि पोखराबाट काठमाडौंसम्म मात्र चाटर्ड उडान देखाउन खोजिएको देखिन्छ ।

चीनको ऋणमा विमानस्थल बनाइएको र सञ्चालनमा नआउँदा ऋणको भार बढ्ने सन्देश गइरहेबाट चाटर्ड उडान गरेर भएपनि सञ्चालन भएको देखाउन खोजिएको छ । तर, अन्तर्राष्ट्रिय विमानस्थल राम्ररी सञ्चालन नभए ठूलो नोक्शानी व्यहार्नुपर्ने हुनसक्छ देशले ।

पोखरा विमानस्थल ३० करोड ५० लाख अमेरिकी अडलरको लागतमा निर्माण भएको हो । जसमध्ये २१ करोड ५० लाख चीनको एक्जिम बैंक, ३ करोड एशियाली विकास बैंक र १ करोड १० लाख डलर ओपेक फन्डको ऋण रहेको छ । बाँकी नेपाल सरकारले लगानी गरेको छ । तर, चीनले विमानस्थल निर्माणमा आफ्नो मात्र सहयोग रहेको दाबी गरेको छ । चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण गरेको हो ।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईको परियोजना दाबी गरेको छ । नेपाल सरकारले भने बीआरआई नभएको जिकिर गर्दै आएको छ ।

प्रतिक्रिया