३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बन्दिपुर गाउँपालिकाद्वारा बाँदर धपाउने बन्दुक कृषकलाई वितरण


0
Shares

काठमाडौं, ३१ जेठ । बाँदरले खेती नष्ट गर्न थालेपछि तनहुँको बन्दिपुर गाउँपालिकाले कृषकहरुको लागि बादर धपाउने बन्दुक खरिद गरी वितरण गरेको छ ।

गाउँपालिकाले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसंग पहिलो चरणमा ३० वटा बाँदर धपाउने बन्दुक खरिद गरी निःशुल्क वितरण गरेको हो ।

“कृषकहरुको बाँदरले खेती नष्ट गर्न थालेपछि बाँदर धपाउन पहिलो चरणमा ३० वटा बन्दुक खरिद गरी ६ वटै वडाका कृषकहरुलाई निशुल्क वितरण गरेका छौं ।”– गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले भन्नुभयो ।

ठुलो आवाज आउने भएको कारण अन्य उपकरणको तुलनामा बाँदर धपाउनको लागि यो उपकरण निकै प्रभावकारी हुने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया