१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हरिकृष्ण कार्की प्रधानन्यायधीश बन्लान् ?


0
Shares

काठमाडौं, २९ जेठ । कुनैबेला केपी शर्मा ओलीले विश्वास गरेर सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा भूमिका खेलिदिएका थिए हरिकृष्ण कार्कीलाई । तर, उनै ओलीले कार्कीको प्रधान्यायधीश बन्ने सपनामा तगारा हालिदिए ।

संवैधानिक परिषद्को बैठकमा अलमल हुँदा कार्कीको प्रधानन्यायाधीश बन्ने सपना झण्डै चकनाचुर बनाइदिएको थियो । अन्तमा उनको नियुक्तिको सिफारिश त भयो तर संसदीय सुनुवाई हुँदै गर्दा न्याय परिषद्ले अवकाशको जानकारी पत्र पठाइदियो ।

२० साउनमा कार्कीको ६५ वर्ष उमेरहदले अवकाश हुनेछ । उनको नियुक्ति जेठ ३२ गते हुने सम्भावना छ । यसो भएमा उनी जम्मा ५० दिनका लागि प्रधानन्यायाधीश हुनेछन् ।

कार्कीविरुद्ध २९ वटा उजूरी परेको छ । जसमा बहालवाला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको पनि उजूरी परेको छ ।

डा. भट्टराईले न्यायपरिषदले ८ दिन ढिलो गरी पदमा नरहेको जानकारी गराएको विषय उठाएका छन् । संवैधानिक परिषदले गरेको कार्कीको प्रधानन्यायधीश नियुक्ति नै अवैध भएकोले बदर गर्न सर्वोच्चमा परेको रिटको दरपीठमाथि नै प्रश्न उठाएका छन् । दरपीठ उपरेको निवेदनमा पालो नआउने गरी सेटिङ गरी संसदीय सुनुवाईसम्म पालैपालो धकेलिएको जिकिर गरेका छन् ।

यसैगरी, आज सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकले ३२ जेठमा कार्कीको नियुक्तिबारे निर्णय लिने टुंगो लगाएको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठकले कार्कीमाथि परेको उजूरीबारे ३१ जेठमा छलफल गर्ने र ३२ जेठमा निर्णय लिने जानकारी दिए ।

नेपालको संविधान अनुसार प्रधानन्यायधीशलाई संवैधानिक परिषद्ले नियुक्तिको सिफारिश गरेपछि संसदीय सुनुवाईमा स्वीकृत हुनुपर्ने व्यवस्था छ । त्यसपछि मात्र राष्ट्रपतिले प्रधानन्यायधीशको नियुक्ति गर्दछन् ।

चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लागेपछि देश कायममुकायम प्रधानन्यायधीशको भरमा चलिरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया