१० माघ २०८१, बिहिबार | January 23, 2025

प्रचण्ड र बाबुराम भट्टराई मिल्न तम्तयार


0
Shares

काठमाडौं, २७ जेठ । कुनैबेला पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई एउटै पार्टीमा थिए । पछि दुवै अलग भए । अब उनीहरु फेरि मिल्ने तयारीमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एकताको पहल थालेका छन् । उनीहरुले एकताको अनौपचारिक छलफल बढाइसकेका छन् ।

समाजवादीको बिहिवार र शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता प्रक्रिया बढाउने निर्णय लिएको छ । एनएसपी नेता विश्वदीप पाण्डेले एकताका लागि माओवादीका तर्फबाट प्रस्ताव आएपछि प्रक्रियाले गति लिने जानकारी दिए ।

पाण्डेका अनुसार समाजवादी केन्द्र निर्माणमा आफूहरु सक्रिय हुने बताए । माओवादी अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र निर्माण गर्ने विषयबारे बोल्दै आएका छन् ।

प्रचण्ड र डा. बाबुराम भट्टराई लामो समय माओवादीमा सँगै थिए । नेपालमा २०१५ मा संविधान जारी भएपछि भट्टराई प्रचण्ड नेतृत्वको माओवादीबाट अलग भएका थिए । तर, २०२२ डिसेम्बरको चुनावमा एउटै मोर्चा बनाएर माओवादी र एनएसपीका नेताहरुले चुनाव लडेका थिए ।

प्रतिक्रिया