११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

नेपालले एक अर्ब भारतका हिन्दूमध्येबाट कसरी तान्ने पर्यटक


0
Shares

विपिन देवः प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको वारेमा व्यापक विर्मश भइरहेको छ । वास्तवमा आग्रह र पूर्वाग्रहको आलोकमा द्विपक्षीय सम्वन्धको चिरफार र विश्लेशण गर्न असहज नै हुन्छ । नेपाल भारत सम्बन्धलाई सुमधुर र फलदायी बनाउन दुई मुलुकहरूको प्रधानमन्त्रीहरूको ठुलो भूमिका हुन्छ । नेपाल भारत सम्बन्धमा दुई वटा राजनीतिक धारहरूले फरक फरक भाष्यहरू निर्माण गर्दै आएका छन् । अर्थात् नेपाल भारत सम्बन्ध जहिले पनि लम्पसारवाद र आत्मघाती राष्ट्रवादको चेपुवामा परेको देखिन्छ । यसले गर्दा राष्ट्रिय स्वार्थ दमित अवस्थामा रहेको हुन्छ । यस अर्थमा नेपाल( भारत सम्बन्धलाई समयानुकुल बनाउन लम्पसारवाद र आत्मघाती राष्ट्रवादको मध्यरेखाबाट राष्ट्रहितको वृत्तबाट नेपाल भारत सम्बन्धलाई मुल्याङ्कन गर्नु पर्दछ । प्रधानमन्त्री पुष्प कमल दाहालको भारत यात्रालाई राष्ट्रहितको वृतबाट विष्लेषण गर्नु आवश्यक देखिन्छ । दक्षिण एसियाली मुलकहरू वित्तिय संकटको संघारमा रहेको छ ।

श्रीलङ्का र पाकिस्तानको अवस्थाले गर्दा दक्षिण एसियाली मुलुकहरूलाई आत्मनिरीक्षण गर्न वाध्य बनाएका छन् । यस विषम परिस्थितिमा विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतलाई सबभन्दा तिव्र गतिले बढिरहेको अर्थतन्त्रको रूपमा चित्रित गरेका छन् । अर्थात् प्रतिकुल वातावरणमा भारतको अर्थतन्त्रले नयॉ उचाई हासिल गर्दै छ । प्रधानमन्त्ती दाहालको प्रमुख जिम्मेवारी नै भारतको गतिशिल अर्थतन्त्रबाट प्रचूर मात्रामा लाभ लिदै नेपालको अर्थतन्त्रलाई दिवालीयापनको संघारबाट जोगाउ‘नु हो ।

नेपाली अर्थतन्त्रलाई सदृढ बनाउ‘न र भारत संघ व्यापार घाटालाई सन्तुलन गर्न जलविद्युत नै प्रमुख माध्यम रहेको छ । प्रधानमन्त्री दाहाल र प्रधानमन्त्री मोदी विच दीर्घकालीन विद्युत व्यापारमा सम्झादारी बन्नु यस भ्रमणको महत्वपूर्ण उपलब्धि हो । यसबाट नेपाल र भारतका विद्युत विक्रेता र खरीद कर्ता वीच पॉच सात वर्षको मध्यकालीन र २५ वर्षसम्मको दीर्घकालीन सम्झौतत गर्ने वाटो खुल्नेछ । अहिले भएको सहमतिको आधारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट विजुली किन्ने घोषणा गरेका छन् । नेपालमा उत्पादन हुने विद्युतको व्यापार सुनिश्चित भएपछि उत्पादन आयोजनामा लगानी आउ‘ने विश्वास जगाएको छ । अर्को उपलब्धि रामायण सर्किट सम्वन्धी हो । एसियाली मुलुकहरूमा धार्मिक पर्यटनको ठुलो महत्व रहेको छ ।

इण्डोनेशियाच मुस्लिम राष्ट्र हो । संसारमा सबभन्दा अधिक मुस्लिम जनसंख्या भएको इण्डोनेशिया नै हो । तर इडोनेशियाले “वाली”लाई पर्यटन स्थलको रूपमा प्रयोग गरेर प्रचुर मात्रा हिन्दु र्धमालम्वीहरूलाई आर्कषित गर्दै आएको छ । कम्वोडियाले प्राचिन सभ्यतालाई जोगाएर “आंकुरभाट”को माधयमबाट हिन्दू पर्यटकहरूलाई लोभ्याएका छन् । भारत विश्वको पॉचौ अर्थतन्त्रको रूपमा ६ दशमलब देखि ७ दशमलबको हाराहारीम प्रगति गर्दै सन् २०४० सम्म विश्वको तेस्रो अर्थतन्त्रको रूपमा सूचिकृत गर्न जर्मको गरेको छ । अर्थात् भारतमा हरेक मध्यम वर्गको लागि नेपाल यात्रा सहज हुन सक्दछ ।

रामायण सर्किटको आधारमा आवश्यक सम्झदारीका साथ नेपालले आवश्यक पूर्वाधार विकास गरेको खण्डमा भारतीय अर्थतन्त्रबाट नेपालले प्रचूर मात्रामा लाभ लिन सक्दछ । प्रधानमन्त्री पुष्प कमल दाहालको गेरूवा वस्त्र धारण सायद यही लक्ष्यबाट प्रयोजित हुनु पर्दछ । सतही विश्लेषणहरू माक्र्सवादी र माओवादी दाहालले गेरूवा वस्त्र धारणा गर्नुलाई कटाक्ष गरेता पनि कूटनीति र अर्थनीतिको अन्योनाश्रीत सम्बन्धलाई नजरअन्दाज गर्न सकिदैन । अर्को शब्दमा भन्ने हो भने प्रधानमन्त्री पुष्प कमल दाहाल राष्ट्रपति सेनापति र पशुपति घटनाका पिडित पात्र पनि हुन् । धर्म र संस्कृती राजनीतिको प्रमुख भाष्या भएको कुरा प्रति उनी सचेत छन् । गेरूवा वस्त्र धारण र हिन्दुवादी नेताहरूसंगको अन्र्तरक्रियाले प्रचण्डले आवेग र सम्वेगको राजनीतिलाई विस्मृती राखेको कुरा झलकाउ‘छ । प्रचण्डको भारत भ्रमणको अर्जुनदृष्टि नै अर्थतनीति रहेको छ । “फेस सेभिग” नीति अन्र्तगत मात्रै दुई देशका प्रधानमन्त्रीहरूले सीमा सम्वन्धी समस्यालाई छिनोफानो गर्ने उद्घोष गरेका छन् । यस पटकको यात्रामा प्रधानमन्त्री प्रचण्डले आन्तरिक राजनीति लाई खपत हुने मुद्दाहरूलाई बढि उठान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले वार्तामा आफुले सीमार्वती क्षेत्रमा बाढी तथा डुवान, व्यापार घाटा, कृषी उत्पादन, निर्यात पञ्चेश्वरदेखि हवाईमार्ग र भैरवाहा तथा पोखराबाट भारतका सहरहरूमा हवाई उडान लगायत धेरै कुरा उठाएको लामो फेहरिस्त प्रस्तुत गरेका छन् । यी सम्झादारी र सौहाद्रता धरातलीय स्तरमा प्रत्याभुत नखहुनुका केही सैद्धान्तीक आधारहरू छन् । जुन कि नेपालको कूटनीति सन्यत्रले प्रयोग गरेका छैन ।

भारतसंग कूटनीति परिचालन गर्दा कूटनीतिका विभिन्न संयन्त्रहरूलाई चूस्त र दुरूस्त पार्नु पर्दछ । वर्तमान परिवेशमा कूटनीति विभिन्न स्तरबाट परिचालित हुन्छ । अर्थात् वौद्धिक मञ्च, सञ्चारकर्मीको निस्तर अन्तरक्रिया र सम्वाद, विद्वानहरूको विर्मश र जनजनबाट भएको सम्वाद र सम्वन्धले कूटनीतिलाई ताजगी दिन्छ । नेपाल भारत सम्वन्धलाई गतिशिलता दिन कूटनीतिलाई हरेक स्तरबाट परिचालित गर्नु पर्दछ । अन्तर्राष्ट्रिय कूटनीति अभ्यास अनुरूप राजनीतिक “लवी” पनि कूटनीतिको ठुलो अस्त्र हो । भारत-अमेरिका सम्वन्धलाई नयॉ उचाईमा जानुको कारक तत्व अमेरिकी सेनेटमा भारतीय पक्षको “लवी” नै हो । अर्थात् अमेरिकाको दुईवटै सदनमा भारतका पक्षमा उभिदिने र भारतको पक्षलाई उजागर गरिदिने संसदहरूको सmित्रयताले भारत अमेरिकी सम्बन्धले नयॉ उचाई लिएको छ । नेपालको सन्र्दभमा यस किसिमको अभ्यास कम भएको छ ।

वि.पि. कोइरालादेखि गिरिजा कोइरालासम्म नेपालको पक्षधर संसदहरू भारतीय संसदमा नेपालको पक्षलाई उजागर गर्थे । सन् १९६४ ताका डा. राममनोहर लोहीयाले वि.पि.को प्रजातान्त्रिक योगदान र संघर्षको वारेमा भारतीय संसदमा व्याख्यान नै दिएका थिए । नेपाल( भारत सम्बन्धको आरोह र अबरोहमा समाजवादी नेतृत्व चन्द्रशेखरदेखि शरद यादवसम्म, डि.पि.त्रिपाठीदेखि डा. कर्ण सिंहसम्म नेपालको पक्षमा वोलेका थिए । वर्तमान परिवेशमा नेपालको “लवी” कमजोर देखाएको छ । नेपाल भारत सम्वन्धलाई समाज सापेक्ष बनाउ‘न २१ औं सताब्दीको कूटनीतिक अभ्यासलाई आत्मसाथ गर्नु पर्दछ ।

कूटनीतिलाई भू-राजनीतिले प्रभावित गरेको हुन्छ । प्रष्ट रूपमा भन्दा भारतले श्रीलङ्कासंग कुनै पनि सम्झौता गर्दा तमीलनाडु र सीमार्वती भागलाई मानसपटलमा राखेर मात्र गर्दछ । वङ्गलादेशसंगको सम्वन्धलाई अगाडि बढाउन पश्चिम बङ्गाल र त्रिपुरालाई आत्मसाथ गर्दछ । नेपाल भारत सम्बन्ध जहिले पनि दिल्ली र काठमाडौंको दृष्टिकोणले परिचालित भएको छ । नेपालले जबसम्म तराईको आखॉले भारत सम्वन्धलाई विश्लेषण गर्दैन तबसम्म नेपाल भारत सम्बन्धले उचाई लिन सक्दैन । अर्थात् कूटनीति सिद्धान्तबाट परिचालित भएको खण्डमा राष्ट्रहित ओझेलमा पर्दैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया