३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रुसी हमलाबाट युक्रेनको बाँध ध्वस्त


0
Shares

एजेन्सी, २३ जेठ । रुसले युक्रेनमाथि खतरनाक हमला गरेको छ । हमलाबाट दक्षिणी युक्रेनको नोभा खाखोभ्का बाँध ध्वस्त भएको छ । मङ्गलवार रुसी हमलाबाट बाँध ध्वस्त भएपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुने खतरा बढेको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी आतंकवादीले बाँध ध्वस्त पारिदिएको ट्वीट गरेका छन् । ट्वीटमा उल्लेखित भिडियोमा बाँधबाट पानी वेगले बगेको दृश्य देखिन्छ ।
रुसले युक्रेनमाथि हमला गरेपछि यो अहिलेसम्मकै ठूलो आक्रमण हो । यसले युक्रेनलाई ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया