२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेपाल र ईटाली बीचको द्विपक्षीय सम्बन्धलाई अझबलियो र बिस्तार गर्ने चाहना छ : राजदूत लुका


0
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय राजदूतभिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । सोमबार मन्त्रालयमाभएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग तथाव्यापार र लगानीलगायतबिषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाभएदेखि नै कायम रहेको सुखद र सौहार्दपूर्ण सम्बन्धप्रति प्रसन्नताव्यक्त गर्नु भयो । नेपालले इटालीसँगको सम्बन्धलाई युरोपेली संघको एक महत्वपूर्ण सदस्यका रूपमामात्रनहेरेको बताउनु हुदै मन्त्री रिजालले इटालीको ऐतिहासिक, सांस्कृतिक र आर्थिक स्थानको महत्व र विश्वव्यापीमामिलामा खेलेको महत्वपूर्ण भूमिकाका कारणले पनि नेपालले निकै महत्वदिदैं आएको बताउनु भयो । नेपाल र इटालीले विभिन्नविषयमा साझाधारणा राखेको र बहुपक्षीयफोरममामिलेर काम गरेको बताउनु हुदै मन्त्री रिजालले आगामीदिनमापनि यस्तो सम्बन्धकायम रहने विश्वास व्यक्त गर्नु भयो ।

मन्त्री रिजालले २०७२ साल जेठ १२ गते नेपालमागएको भूकम्पपछि इटालियन सरकारले गरेको अमूल्य सहयोगको स्मरण गर्दै आभार ब्यक्त गर्नु भयो । त्यसैगरी मन्त्री रिजालले कोभिड–१९ महामारीको बेला समेत इटालियन सरकारले गरेको सहयोग प्रति प्रसंसा व्यक्त गर्नु भयो । कोभिड–१९ महामारीका बेला इटालीले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग उपलब्ध गराएको थियो । भेन्टिलेटर लगायतका राहत उपकरण तथा कोभिड १९ भ्याक्सिनको ६ लाखभन्दा बढी डोजहरू मैत्रीपूर्ण सहयोगका रूपमा नेपालले प्राप्त गरेको थियो ।

इटाली सरकारले सामान्यतया युरोपेली संघ मार्फत नेपाललाई विकास सहयोग प्रदानगर्दै आएको छ । नेपालअल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नती गर्ने चरणमा रहेकोले दिगो स्तरोन्नतीकालागि इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउनेछ भन्दै मन्त्री रिजालले विश्वास व्यक्त गर्नु भयो । त्यसैगरी मन्त्री रिजालले दुई देशबीचआर्थिक र व्यापारिक आदानप्रदानलाई गहिरो बनाउन पर्यटन, व्यापार, उच्चशिक्षा र रोजगारीका क्षेत्रहरु रहेका स्पष्ट पार्नु भयो ।

सन् २०२६ मा नेपालअल्पविकसित राष्ट्रबाट स्तरोन्नतीहुने भएकोले नेपालको स्तरोन्नतीलाई दिगो बनाउन इटाली सरकारको महत्वपूर्ण सहयोग रहने प्रतिमन्त्री रिजालले अपेक्षाव्यक्त गर्नु भयो । इटालीबाट नेपालभित्रिएको प्रत्यक्षविदेशीलगानीको प्रसंसा गर्दै मन्त्री रिजालले आईसीटी र पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत र कृषि क्षेत्रहरूमालगानी बढाउन र विविधीकरण गर्नको लागिमहामहिम राजदूतभिन्सेन्जो डि लुकाको अधिकतमप्रयास रहने प्रतिविश्वास व्यक्त गर्नु भयो ।

भेटमा इटालीका गैर–आवासीयमहामहिम राजदूतभिन्सेन्जो डि लुकाले नेपालसंग ईटालीको ब्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादनभएकानँयाप्रविधिका मेसिनहरु नेपालमाआपूर्ति गर्न सकिने बताउनु भयो । नेपाल र इटाली बीचद्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने स्पष्ट पार्नु भयो ।

दुई देशका चेम्बर अफकमर्स बीचअसल सम्बन्ध स्थापितभएको बताउदै राजदूतलुकाले यसलाई अझबिस्तार गर्न सकिने बताउनु भयो । ईटाली सरकारले २०३० मा रोम एक्स्पो आयोजना गर्न लागेको बताउदै राजदूतलुकाले उक्तएक्स्पोमा नेपालीकला संस्कृति र पहिचान सहित नेपालको पनि सहभागिता रहनेमा बिश्वास व्यक्त गर्नु भयो ।

ईटालीमा नेपालीको संख्या बढ्दै गैरहेको बताउदै राजदूतलुकाले दुई देशको द्विपक्षीय सम्बन्धलाई अझबलियो र बिस्तार गर्ने चाहना इटाली सरकारको रहेको स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया