१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश राज्यमन्त्री लेखीद्वारा स्वागत


0
Shares

नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिवसीय भारत भ्रमण सुरु भएको छ । उनी आज अपरान्ह नयाँ दिल्ली पुगेका छन् ।
प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

विमानस्थलमा भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि पुगेका थिए ।

प्रचण्ड तेस्रोपटक १० पौष २०७९ मा प्रधानमन्त्री बनेपछि पहिलोपटक विदेश भ्रमणमा छन् । भ्रमणकै दिन नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ ।

भारतले भ्रमणभन्दा दुई दिन अघि संसद भवनमा नेपालको भूभाग समेत राखेर अखण्ड भारतको नक्शा समेटेपछि विवाद भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया