३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कोशीमा एक सांसदको हातमा सत्ता ढाल्ने र बनाउने ल्याकत


0
Shares

काठमाडौं, १७ जेठ । संसदीय राजनीतिमा सत्ताको खेल रोचक हुन्छ । एकजना सांसद निर्णायक हुँदा सत्ता ढल्ने र बन्ने अवस्था बन्छ । सत्ताको गोटी नै त्यही सांसदको हातमा हुन्छ । त्यस्तै भएको छ कोशी प्रदेश सरकारमा ।

सरकार बनेको पाँच महिनामै कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार धरापमा परेको छ । जनता समाजवादी पार्टीले सरकारलाई दिइआएको समर्थन फिर्ता लिएसँगै सरकार धरापमा परेको हो । जसपाको मात्र एक सांसद थिइन् कोशीमा । त्यो पनि समानुपातिकतर्फको । अहिले उनै सांसद निर्णायक बनेकी छिन् ।

निर्मला लिम्बू एकमात्र सांसद भएपनि जसपाबाट पाँच महिना स्वास्थ्यमन्त्री बनिन् । अब फेरि उनी मन्त्री बन्ने पक्का छ । लिम्बूले मन्त्रीबाट राजीनामा दिइसकेकी छिन् । जसपाले सत्ताबाट हट्ने निर्णय लिएको छ र कार्कीलाई दिइआएको समर्थन पनि फिर्ता लिएको छ ।

जसपा ब्याक भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । देशको केन्द्र देखि ७ प्रदेशमध्ये कोशीमा मात्र एमाले नेतृत्वको सरकार छ । यो पनि धरापमा परेको छ ।

कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद अवश्यक पर्छ । एमाले र राप्रपा मिल्दा ४६ मात्र पुग्छ । यसकारण एकमात्र सांसद जसपाकी लिम्बू निर्णायक बनेकी छिन् ।

प्रतिक्रिया