२३ भाद्र २०८१, आइतबार | September 8, 2024

किन रिहा भए रेशम चौधरी


0
Shares

काठमाडौं, १५ जेठ । रेशम चौधरी ६ वर्ष कारागारमा बसेपछि रिहा भएका छन् । सर्वश्वसहित जन्मकैद सजाय पाएका चौधरी अदालतको फैसलाले जघन्य अपराधको दोषी हुन् । तर, प्रचण्ड नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय मिनाहा गरिदिएका हुन् ।

कैलालीको टीकापुरमा २०७२ सालमा भएको एउटा हत्याकाण्डमा दोषी ठहरिएका थारु नेता हुन् रेशम चौधरी । उक्त घटनामा ७ सुरक्षाकर्मी र एक नाबालकको विभत्स हत्याको प्रमुख दोषी ठहर भएका थिए ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रचण्ड सरकारमा सहभागी छ । नागरिक उन्मुक्ति पार्टीबाट ४ सांसद छन् । यही कारण पनि प्रचण्ड सरकारले उनको रिहाईको पहल गरेको थियो ।

सत्ताको अंकगणितमा रेशम चौधरीले रिहाईलाई प्रमुख मुद्या बनाएका थिए । उनको यो मुद्यालाई प्रचण्डले सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया