२३ भाद्र २०८१, आइतबार | September 8, 2024

टीकापुरमा नाबालिग र ७ सुरक्षाकर्मीको कत्लेआम गर्ने रेशमले प्रचण्डबाट पाए आममाफी, रामचन्द्रले के गर्लान् ?


0
Shares

काठमाडौं, १४ जेठ । प्रचण्डको विगत रक्तपातपूर्ण गतिविधि नै हो । उनले चलाएको दश वर्षे सशस्त्र गतिविधिले १८ हजार जतिको ज्यान गयो । त्योभन्दा धेरै गुणा बढी अङ्गभङ्ग भए ।

संयोग नै मान्नुपर्छ प्रचण्ड नेतृत्वकै सरकारले हिंसा मच्चाउने अर्को शक्तिका नेतालाई आममाफी दिने निर्णय लिएको छ । २०७२ सालमा भएको एउटा हत्याकाण्डमा दोषी ठहरिएका थारु नेता रेशम चौधरीलाई आममाफी दिन प्रचण्ड नेतृत्वको क्याबिनेटले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिशको निर्णय गरेको छ । आज आइतवार बसेको क्याबिनेट बैठकले चौधरीलाई आममाफी दिन सिफारिश गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चौधरी थारु बाहुल्य कैलाली जिल्लाको टीकापुरमा ७ सुरक्षाकर्मी र एक नाबालिकको विभत्स हत्याको प्रमुख दोषी ठहर भएका थिए । नेपालको अदालतले उनलाई दोषी ठहर गरी सर्वश्वसहित जन्मकैदको सजाय सुनाएकोमा सरकारले आममाफीको सिफारिश गरेको हो ।

१५ जेठमा गणतन्त्र दिवस रहेकोमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आममाफीको निर्णय लिने संवैधानिक व्यवस्था छ । यही समय पारेर प्रचण्ड सरकारले सिफारिश गरेको हो ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रचण्ड सरकारमा सहभागी छ । चौधरीकी पत्नी रञ्जीता श्रेष्ठ मन्त्री छिन् । नागरिक उन्मुक्ति पार्टीबाट ४ सांसद छन् ।

प्रतिक्रिया