३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मोदीलाई खुशी बनाउन प्रचण्डले के के गर्लान्


0
Shares

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चतुर ठहरिए फेरि । उनले लामो प्रतिक्षापछि भएपनि भारतको भ्रमण पक्का गरे ।

भ्रमण नहुँदै सरकार ढल्ने खतरा बनिसकेको थियो । तर, प्रचण्डले धेरै विषयमा यु टर्न ल्याए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुशी बनाउन विभिन्न कदम चाले ।
प्रचण्डले धर्मबारे आफ्नो धारणा विस्तारै बदल्दै लगेका छन् । अमेरिकाले सार्वजनिक गरेको नेपालको धार्मिक स्वतन्त्रतासम्बन्धी रिपोर्टबारे नेपाल सरकारले चासो देखाएको खुलाए । सरकारले कतिपय विषयमा गम्भीर चासो राख्दै अमेरिकी सरकारलाई नोट पठाएको हो ।

प्रचण्डले शनिवार संसदमा बोल्दै सरकारका तर्फबाट ध्यानाकर्षणसहित अमेरिकी दूतावासमार्फत् अमेरिकी सरकारलाई नोट पठाएको जानकारी दिए । सरकारले पठाएको नोटमा कतिपय विवादास्पद विषयमा प्रश्न उठाइएको प्रचण्डले बताए ।

अमेरिकाले हालै सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको नेपाल सम्बन्धी रिपोर्टमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिन भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको आरोप लगाएको थियो । यो आरोपले नेपालको राजनीतिकवृत्तमा तरंग आयो ।

अमेरिकाले इशाईहरुप्रति कठोर नीति लिएको भन्दै सरकारको समेत आलोचना गरेको छ । १३ पृष्ठको रिपोर्टमा नेपालमा इशाईको संख्या ५ प्रतिशतसम्म पुगेको दाबी गरिएको छ ।

जलविद्युतमा पनि प्रचण्डले नयाँ सम्झौता गर्न लागेका छन् । जसमध्ये पञ्चेश्वर परियोजना, कोशीलगायत प्राथमिकतामा छन् ।

भारतसँग हतियार सम्झौताका अलावा ढुंगा गिट्टी निकासीमा पनि प्रचण्डले नयाँ कदम चाल्दैछन् । यसरी उनले मोदीलाई खुशी बनाउन खोजिरहेको खुलेको छ ।

प्रतिक्रिया