१२ श्रावण २०८१, शनिबार | July 27, 2024

किन दिल्ली पुगे सीके राउत


0
Shares

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष सीके राउत दिल्ली पुगेका छन् । उनले पुगेकै दिन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

राउत दिल्ली पुग्नुले महत्वपूर्ण संकेत गरेको छ । उनको दल गत महिना मात्र सरकारबाट बाहिरिएको थियो ।

जनमत पार्टीका प्रवक्ता वीपी साहले राउत केही दिन भारतमै रहेर राजनीतिक भेट गर्ने जानकारी दिए । राउत शनिवार विहान दिल्ली पुगेका थिए ।

राउतले मधेशको मुद्दाबारे भारतका नेताहरुसँग छलफल गरेको जानकारी प्राप्त भएको छ ।

संसदमा जनमत पार्टीबाट ६ सांसद छन् । मधेशमा जनमतले आफ्नो प्रभाव बलियो बनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया