मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिवद्ध छ : प्रचण्ड
काठमाडौं, १२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले २३ बर्ष पूरा गरेको अवसरमा बधाई दिंदै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गरी संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।
मानव अधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको रहेको जानकारी दिंदै संविधान जारी भए पश्चात् देशको प्राथमिकता मौलिक हकहरुको कार्यान्वयन तथा आर्थिक, सामाजिक, सास्कृतिक रुपान्तरण रहेको सुनाए ।
देशको बदलिँदो परिस्थितिमा आयोगको प्राथमिकता पनि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारमा केन्द्रित हुनपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्रीले राष्ट्रिय मानव अधिकार आयोगले २३ बर्ष पूरा गरेको अवसरमा गरेको सम्बोधन
कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्षज्यू,
सम्माननीय सभामुखज्यू,
राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्यज्यूहरू,
अन्य आयोगका अध्यक्ष तथा सदस्यज्यूहरू
नेपालस्थित विदेशी महामहिम राजदुतहरू
नेपाल सरकारका सचिवहरू तथा उच्च पदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू,
नागरिक समाजका प्रतिनिधिहरु एवं मानव अधिकारकर्मीहरू,
पत्रकार मित्रहरूसहित सम्पूर्ण सहभागीहर�

