रुकुम जीप दुर्घटनामा ५ को मृत्यु

काठमाडौं, १० जेठ । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आज बिहिवार रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालकामा जीप ४०० मिटर तल भीरमा खसेको हो ।
रुकुम पश्चिम प्रहरीले घटनामा २२ वर्षीया सुत्केरी महिला र उनको २२ दिनको छोराको पनि मृत्यु भएको जानकारी दिएको छ । दुर्घटनाग्रस्त जीपमा १५ जना सवार रहेकोमा १० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनालाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।