३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज हावाहुरीसहित वर्षाको सम्भावना


0
Shares

काठमाडौं, १० जेठ । अहिले देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग महाशाखाको अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावा–हुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । देशको पहाडी भू–भागहरुका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी , मधेश र बागमती प्रदेशका तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

यसैगरी, आज राती देशको पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया