प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

काठमाडौं, १० जेठ । संघीय संसदको संयुक्त बैठक आज बोलाइएको छ । संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको हो ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा संघीय संसदको संयुक्त बैठक सभामुख सभामुख देवराज घिमिरेले बोलाएका हुन् ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको हो ।
त्यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।