कामिरिता शेर्पाद्वारा किर्तिमानी २७ औं पटक सगरमाथा आरोहरण

काठमाडौं, ३ जेठ । कामिरिता शेर्पाले सगरमाथाको २७औं पटक आरोहण गरेका छन् । उनले आज बुधवार विहान सगरमाथा आरोहरण गरेका हुन् ।
सगरमाथाको आरोहरणसँगै कामिरिताले आफूले नै बनाएको किर्तिमान तोडेका छन् । शेर्पा ५४ वर्ष पुगे । उनले १९९२ बाट हिमाल आरोहरण सुरु गरेका हुन् ।
१४ मईमा पासाङ दावा शेर्पाले सगरमाथाको २६ पटक आरोहरण गरेर किर्तिमानी बराबरी गरेका थिए । ठिक तीन दिनपछि नै कामिरिताले किर्तिमान तोडेका छन् ।
नेपालमा वसन्तु ऋतुको यो वर्ष ११७६ जनाले हिमाल आरोहरण गर्ने अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा चढ्न ४७८ पर्वतारोहीले अनुमति पाएका छन् ।
नेपालले हिमाल आरोहरणबाट ५८ लाख डलर रोयल्टी जम्मा गरेको छ ।