३१ भाद्र २०८१, सोमबार | September 17, 2024

योगी आदित्यनाथको सन्देशले पूर्वराजा दंग, गणतन्त्र ल्याएका नेता झसङ्ग


0
Shares

काठमाडौं, १ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले देशको राजनीतिलाई तरंगित पारेको छ । नेपालगञ्जबाट भारतको उत्तर प्रदेशका मुख्य शहर पुगेका पूर्वराजा राजनीतिक भेट पनि गरेर आज सोमवार स्वदेश फर्किएपछि नेताहरु झस्किएका हुन् ।

पूर्वराजा शाह निकै खुशी रहेको बुझिएको छ । भारत बसाईंका क्रममा उनले महत्वपूर्ण भेटहरु गरे ।

पूर्वराजा निकट स्रोतका अनुसार अब विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए । भेटमा राजपरिवारका सदस्य समेत सहभागी रहेको पूर्वराजाको संवाद सचिवालयले खुलाइसकेको छ ।

आइतवार पूर्वराजा र पूर्वरानी अयोध्या पुगेका थिए । निर्माणाधीन राममन्दिरमा पूर्व राजा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

संसदमा पूर्वराजाको भ्रमणको विषय उठेको छ । नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वराजालाई भारतमा स्वागत गर्ने तर प्रधानमन्त्री प्रचण्डलाई भ्रमणमा नडाक्ने गतिविधिलाई प्रेसर डिप्लोमेसीको संज्ञा दिए । पन्तले भारतले प्रधानमन्त्री प्रचण्डलाई आउन नदिने रणनीति बनाएको आरोप समेत लगाए ।

२८ वैशाखमा पूर्वराजा शाहको योगीसँग भेट भएको थियो । ३१ जेठमा उनले अयोध्या पुगे राममन्दिरको अवलोकन गरेका थिए ।

योगी आदित्यनाथ गोरखनाथ मन्दिरका मठाधीश हुन् । गोरखनाथ मन्दिरसँग पूर्वराजपरिवारको गहिरो साइनो छ ।

योगी नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पक्षधर हुन् । उनले मुख्यमन्त्री हुनु अघि २०१४ मा नेपालमा हिन्दुराष्ट्रसहितको राजसंस्थाको पक्षमा बोलेका थिए ।

 

प्रतिक्रिया