२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

काण्डै काण्डमा मुछिएका कुमुद ढुंगेल एसपीको फूली लगाउने सूचीमा


0
Shares

काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीको डिएसपीबाट एसपीमा बढुवा सिफारिशमा एउटा नाम पनि परेको छ । त्यो नाम हो कुमुद ढुंगेल ।

ढुंगेल प्रहरीमा रहेर संगठित अपराधीको गिरोहमा संलग्न भएको प्रमाणहरु पाइएपछि पटक पटक कारबाहीमा परेका थिए । सर्वेन्द्र खनाल आइजीपी हुँदा ढुंगेलको बढुवा नै रोक्कियो र कारबाहीमा पनि परे ।

ढुंगेल दिनेश अधिकारी चरी प्रकरणमा मुछिएका थिए । चरीकी प्रेमिका भनिएकी खुश्वु ओलीले ढुंगेललाई गम्भीर आरोप लगाएकी थिइन् ।

ढुंगेल लामो कानूनी लडाई लडेर प्रहरी मुख्यालयमा हाजिर गर्न पुगे । उनलाई यसअघिका खनालपछि बनेका आइजीपीहरु ठाकुर ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरज प्रताप सिंहले पनि बढुवा दिएनन् ।

वसन्तराज कुँवर आइजीपी भएलगत्तै ढुंगेलको बढुवा सिफारिश भएको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।

बढुवा सिफारिशको पहिलो नम्बरमा गौतम केसी परेका छन् । उनले बढुवामा छलाङ मारेका छन् । डिएसपीमा बढुवा हुँदा उनी केही पछि परेका थिए ।

अघिल्लो बढुवामा छुटेकी वसुन्धरा खड्का दुई नम्बरमा बढुवा भएकी छिन् । यसैगरी, बढुवा सिफारिशमा नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले पनि परेका छन् ।

बढुवामा नारायण प्रसाद चिमोरिया, सन्तोष आचार्य, नरेन्द्र चन्द, राजन भुजेल पनि सिफारिश भएका छन् ।

 

प्रतिक्रिया