३ आश्विन २०८१, बिहिबार | September 20, 2024

परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


0
Shares

काठमाडौं, २९ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज शुक्रवार बँगलादेशको ढाकामा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री भएपछि साउदले पहिलोपटक जयशंकरलाई भेटेका हुन् ।

भेटबारे जयशकरले ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले ऊर्जा, कनेक्टिभिटी र जनता जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनेबारे छलफल भएको जानकारी दिएका छन् ।

जयशंकरले साउदलाई विदेशमन्त्रीको जिम्मेवारी पाएकोमा बधाई समेत दिएका छन् । विदेशमन्त्री भएपछि साउदले पहिलोपटक समकक्षी जयशंकरलाई भेटेका हुन् ।
छैठौं हिन्द महासागर सम्मेलनमा भाग लिने साउद र जयशंकर दुवै ढाका पुगेका छन् ।

प्रतिक्रिया