२४ भाद्र २०८१, सोमबार | September 9, 2024

गण्डकी प्रदेशमा ४ नयाँ मन्त्री थपिए


0
Shares

काठमाडौं, २८ वैशाख । गण्डकी प्रदेशमा ४ नयाँ मन्त्रीहरु थपिएका छन् । थपिएका मन्त्रीहरुमा ३ नेपाली काँग्रेसबाट र एक नेकपा माओवादी केन्द्रबाट छन् ।

मन्त्रीहरुलाई आज शुक्रवार नै शपथ गराइएको छ । अब गण्डकी प्रदेशमा मुख्यमन्त्री सहित ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

गण्डकी प्रदेशमा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी काँग्रेस सभापति शेरबहादुुर देउवा निकट हुन् ।

गण्डकी प्रदेशमा काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो मुख्यमन्त्री चलाउने सहमति भएको छ । यस्तै सहमति अन्य प्रदेशहरुमा पनि छ ।

नेपालको केन्द्र सरकारमा गठबन्धन बनाएकै दलहरुले प्रदेशहरुमा पनि धमाधम नयाँ सरकार गठन गर्ने क्रम चलिरहेको छ । अब ७ प्रदेशमध्ये कोशी प्रदेशमा मात्र गठबन्धनबाहेकको दलहरुको सरकार छ ।

 

प्रतिक्रिया