२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पूर्वगृहमन्त्री बादललाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा


0
Shares

काठमाडौं, २९ वैशाख । पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको छ । विश्वस्त स्रोतका अनुसार माथिको आदेश आउने वित्तिकै बादल पक्राउ पर्नेछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गर्ने भित्री तयारी चलेको हो ।

बादल गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीको ठगीसम्बन्धी विषय गृहमन्त्रीमा चलखेलको विषय रहेकोबारे प्रहरीले गहिरो अनुसन्धान गरेको छ । उनका छोरा प्रतिक पनि निगरानीमा छन् ।

यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । पूवगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकरानारायण पाण्डे पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया