३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डले भ्रष्टाचारका ठूला माछा समात्ने संकेत गर्दै भनेः टेलर मात्र हो सिंगै फिल्म देखिनेवाला छ


0
Shares

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारी समात्ने सन्देश दिएका छन् । उनले आफूले भ्रष्टाचारमाथि कारबाही गर्छु भनेकोमा त्यसको सुरुवात गरिसकेको बताए ।

नक्कली शरणार्थी प्रकरणमा कसैलाई नछाड्ने दृढता समेत व्यक्त गरे । आज शनिवार राजधानीमा पार्टीनिकट दलित मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै जस्तोसुकै धम्की र दबाब आएपनि भ्रष्टाचारीलाई नछाड्ने उनको भनाई थियो ।

प्रचण्डले शरणार्थी प्रकरणमा टेलर मात्र सुरु गरेको र फिल्म सिंगै बाँकी रहेको बताए । उनले भने, ‘यो टेलर मात्र हो सिंगै फिल्म देखिनेवाला छ ।’

भ्रष्टाचारीमाथि कारबाही गर्न खोज्दा धम्की, दबाब र घेराबन्दी पेचिलो बन्दै गएको बताए । उनले भने, ‘जतिसुकै ठूला घेराबन्दी, दबाब र धम्कीको सामना गरिनेछ ।’

प्रतिक्रिया