रास्वपाको सरकारलाई समर्थन फिर्ता, प्रचण्डको सत्ता झन् कमजोर

काठमाडौं, २२ वैशाख । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । आज शुक्रवार बसेको रास्वपा बैठकले समर्थन फिर्ता लिने निर्णय लिएको हो ।
बैठकपछि रास्वपा अध्यक्ष रवि लामिछानेले सरकारमा पनि नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको जानकारी दिए । संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउने समेत बताए ।
रास्वपाले समर्थन फिर्ता लिएपनि प्रचण्ड सरकारसँग अझै बहुमत छ । तर, सरकार पहिलेभन्दा कमजोर अवस्थामा पुगेको छ । रास्वपा संसदमा २१ सिट सहित चौंथो ठूलो दलको रुपमा छ ।