६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

यस्तो छ चण्डी पूजाको महिमा


83
Shares

कास्की, २२ वैशाख । चण्डी पूर्णिमा भगवतिको चण्डी स्वरूपको महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा पनि हो । यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन भनि चण्डि पूर्णिमा मनाउने गरिएको छ ।
चण्डिपूर्णीमामा उभौली र अन्न बाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गर्छन् ।
कोटको पुर्वतर्फ चण्डी मन्दिर, उत्तर तिर ढोका फर्केको हुनुपर्ने, दक्षिण तिर चण्डी भगवतीको मुर्ति हुन्छ, शास्त्रीय मत र परम्परा छ । चण्डीको पूजा विशेष गरि मगर समुदायको पुजारी बाट गरिन्छ । सराङ्गकोट र कास्कीकोटमा चण्डीको स्थान छ ।
सराङ्गकोटको उकालो आउँदै गर्दा चण्डीको उकालो आउँछ, पहिले त्यहाँ चण्डीको शिला मात्र थियो । उक्त चण्डीस्थान शत्रुलाई पराजय गर्न तथा नाश गर्न युद्धमा जाने प्रचलन थियो र जनताको पनि अगाध आस्थाको स्थल थियो ।
सुयोग ढकालका अनुसार वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई वध गरेको कथन छ ।
यसै कारण उक्त भगवतीको नामकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले वैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।
चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ ।चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिन्छ ।
चण्डसुरले महादेवको वरदान पाए । वरदानबाट शक्तिशाली भएसँगै उत्पात मच्चाउन थाले । त्यसपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्ड सुरको वध गरेको कथन छ । चण्ड सुरको मृत्युको खुसीयाली यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ ।

प्रतिक्रिया