३१ भाद्र २०८१, सोमबार | September 17, 2024

गृहसचिव बनिसकेका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ


0
Shares

काठमाडौं, २० वैशाख । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन् । काठमाडौं प्रहरीले पाण्डेलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

पाण्डे गृहसचिव हुँदा नक्कली भुटानी शरणार्थी बनाउने भूमिका खेलेको आरोप छ । प्रहरीले बुधवार नै सरकारी वकिलको कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको जनाएको छ ।

यसअघि मङ्गलवार नेपालका चर्चित सुरक्षाविज्ञ इन्द्रजीत राई यही प्रकरणमा पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले विभिन्न व्यक्तिहरुबाट करोडौं ठगी गरेको आरोप छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु छानविनको दायरामा ल्याइएका छन् ।

प्रतिक्रिया