१२ श्रावण २०८१, शनिबार | July 27, 2024

किन पक्राउ परे सुरक्षाविज्ञ इन्द्रजीत राई


0
Shares

काठमाडौं, १९ वैशाख । सुरक्षाविज्ञ इन्द्रजीत राई जसलाई सुरक्षा क्षेत्रमा नचिन्ने कमै होलान् । माओवादी गतिविधिका समयमा उनका खरो आलोचनासहितका भनाईहरु सार्वजनिक हुन्थे । तर, पछि उनी माओवादीसँगै नजिक पनि बने ।

राईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँगको संलग्नताको आरोपमा पक्राउ गरिएको छ मंगलवार । ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पुष्टि गरे । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

राई रामबहादुर थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए । विगतमा माओवादीका कटु आलोचक राई पछि माओवादीसँगै निकट भएका थिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले विभिन्न व्यक्तिहरुबाट ३ हरोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

सांसद टोपबहादुर रायमाझी पनि यो प्रकरणमा जोडिएका छन् । उनीहरु सबैमाथि छानविन भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया