२२ भाद्र २०८१, शनिबार | September 8, 2024

राजतन्त्र मान्ने दलाल फटाहा, अज्ञानी र स्वार्थीः ओली


0
Shares

काठमाडौं, १७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेलाई दलाल फटाहा भनेका छन् । आज आइतवार एमालेनिकट अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसलाई ललितपुरमा सम्बोधन गर्दै राजसंस्था पक्षधरको कटु आलोचना गर्दै यस्तो बताएका हुन् ।

ओलीले भने, ;राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ कि मूर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छन् । दलाल बुद्धि नभएकहरुले मान्छन् ।’

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका ओलीले केही मानिसहरुलाई किनिएको टिप्पणी गरे । पछिल्लो समय उनी पूर्वराजाप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

ओलीको टिप्पणी लगत्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कडा टिप्पणी गरेका छन् । उनले ओलीले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुर्याएको भन्दै अभिव्यक्ति फिर्ता लिन आग्रह गरे ।

प्रतिक्रिया