ओलीलाई ज्ञानेन्द्र शाहको चेतावनी

काठमाडौं, १५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले चेतावनी दिएका छन् । उनले आस्था र मर्यादामा आँच नपुर्याउन भनेका हुन् ।
ओलीले बिहिबार इलाम पुगेर पूर्वराजा शाहले योजनावद्ध तरिकाले आफूविरुद्ध बोलेको भन्दै चेतावनी दिएका थिए । सामाजिक सञ्जालमा आफूविरुद्ध लेखेको भन्दै ज्यादा फुरफुर नगर्न भनेका थिए ।
पूर्वराजाको संवाद सचिवालयले सूचना जारी गरी निराधार कपोकल्पित भ्रमबाट मुक्त रहने आग्रह गरिएको छ । पूर्वराजा र परिवारका सदस्यरुमध्ये कोमल र हिमानी शाहले सामाजिक सञ्जाल प्रयोग नगरेको स्पष्ट पारिएको छ ।
यसअघि पनि पूर्वराजाको नामबाट सामाजिक सञ्जाल संचालनमा आएपछि २३ मंसिरमा त्यसको खण्डन गर्दै कुनैपनि आधिकारिक सामाजिक सञ्जाल प्रयोग नगरिएको भनिएको थियो ।