३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डमाथि ९५ करोड भ्रष्टाचार आरोप


0
Shares

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ९५ करोड भ्रष्टाचारको आरोप लागेको छ । नेकपा एमालेले उनीमाथि यो रकम भ्रष्टाचारको आरोप लगाएको हो ।

९५ करोड तत्कालीन नेकपा माओवादीका अयोग्य लडाकुका नाममा लगिएको रकम हो जसको बारेमा प्रश्न उठेको छ । आज शुक्रवार प्रतिनिधि सभामा अयोग्य लडाकुमध्ये २ हजार ४५१ को खोजी गर्दा नभेटिएको र माओवादीले लगेको ९५ करोडमाथि प्रश्न उठायो एमालेले ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आकस्मिक समयमा बोल्दै भने, ‘अनमिनले प्रमाणिकरण गरेका लडाकुहरु पछि पुनः प्रमाणिकरण हुँदा २ हजार ४५१ जना को व्यक्ति थिए भन्ने यकिन गर्न सकिएन । तिनका नाममा तत्कालीन नेकपा माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गयो ? त्यो पैसा कहाँ गयो ?

घुमाउरो तरिकाले एमाले नेता गिरीले प्रचण्डप्रति संकेत गरे । उक्त रकम अनियमितता भएको भन्दै प्रचण्डलगायत माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजूरी समेत परेको छ । तर, छानविन अगाडि बढ्न सकेको छैन ।

महालेखाले यसबारे प्रतिवेदनमा नै उल्लेख गरेको गिरीले बताए । देशमा आर्थिक संकट आइरहँदा पूर्व लडाकुका नाममा फेरि १ अर्ब ४० करोड छुट्याइएकोमा आपत्ती जनाए ।

प्रचण्ड सरकारले अयोग्य पूर्व लडाकुलाई प्रति व्यक्ति २ लाख दिने निर्णय गरेर कार्यविधि बनाउन लगाइरहेको छ । यसको विपक्षी मात्र नभई सत्तापक्षका नेताले समेत विरोध गरिरहेका छन् ।

प्रतिक्रिया