२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डले गरे सी चिनफिङको खुलेर प्रशंशा


83
Shares

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको खुलेर प्रशंशा गरेका छन् । सीको विश्वमा सबैका लागि स्वास्थ्य दृष्टिकोण भिजनप्रति आफूले विशेष प्रशंशा गर्ने बताएका हुन् ।

चीनले स्तरोन्नति र पुनः निर्माण गरेको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल हस्तान्तरण कार्यक्रममा आज शुक्रवार प्रचण्डले भने, हामी राष्ट्रपति सी चिनफिङको बिल्डिङ र ग्लोबल कम्युनिटि अफ हेल्थ फर अल भिजनका लागि विशेष प्रशंशा गर्दछौं ।

प्रचण्डले चीनसँग बहुक्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको समेत बताए । उनले स्वास्थ्य र प्रविधिका क्षेत्रमा चीनबाट थप सहयोगको आशा व्यक्त गरे ।

चीनले नेपालको स्वास्थ्य सेवामा बढाइरहेको सहयोगको समेत प्रचण्डले उल्लेख गरे । जसमध्ये भरतपुर अस्पताल पनि छ ।

सिभिल अस्पताल सरकारी कर्मचारीको उपचारलाई केन्द्रित गरी निर्माण गरिएको हो । यो अस्पतालमा चीनले प्राविधिक सहयोग गर्दै आएको छ । चीनले नेपालको प्रविधिका क्षेत्रमा पनि लगानी बढाइरहेको छ ।

प्रतिक्रिया