भुक्तानी नदिएपछि व्यवसायीहरुले सचिवलाई कार्यकक्षमै थुनिदिए

काठमाडौं, १३ वैशाख । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई कार्यकक्षमा थुनिएको छ ।
विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी नदिएको भन्दै मिश्रलाई निर्माण व्यवसायीहरुले कार्यकक्षमै थुनेका हुन् ।
निर्माण व्यवसायीहरुले सचिवलाई भित्र राखेर बाहिर कार्यकक्षको मूल ढोकामै ताला लगाएका थिए ।
केहीबेरमा प्रहरीको टोली पुगेपछि निर्माण व्यवसायीहरुले ताला खोलेका छन् । उनीहरुले मधेस सरकार र मन्त्रीविरुद्ध प्रदर्शनसमेत गरे ।