३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उड्ने वित्तिकै इञ्जिनमा आगो लागेपनि दुर्घटनाबाट बच्यो फ्लाई दुबईको विमान


0
Shares

काठमाडौं, १२ वैशाख । उड्नेवित्तिकै एउटा इञ्जिनमा समस्या देखिएको फलाई दुबईको विमानको दुर्घटना टरेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सोमवार राति उडेको विमानको एउटा इञ्जिन फेल भएको थियो ।

आगो लागेर एउटा इञ्जिन फेल भएपनि चालकले यात्रालाई निरन्तरता दिएका थिए । दायाँ इञ्जिनमा समस्या भएपनि अर्को इञ्जिन चलाएर विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको नेपालस्थित नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आगो पनि नियन्त्रणमा आएपछि विमान काठमाडौंमा पुन अवतरण नगरी उडेको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।

५७६ एफजेड उडान नम्बरको विमान दुबईको समय अनुसार १२ बजेर ११ मिनेटको राति अवतरण भएको जनाइएको छ ।

विमान उड्नेवित्तिकै आगोको झिल्को देखिएको थियो । विमानमा विष्फोटको आवाज पनि सुनिएको थियो । चरा ठोक्किएर आवाज आएको दाबी गरिएको छ । त्यसपछि केही बेर विमानले फन्को लगाएर दुबईतर्फ उडानलाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया