३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तनहुँ १ मा स्वर्णिम वाग्ले जीतको नजिक


0
Shares

काठमाडौं, ११ वैशाख । तनहुँ १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले ९ हजार १९८ मतका साथ फराकिलो मतान्तर बनाउँदै जीतको नजिक पुगेका छन् । उनलाई नेपाली काँग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतले पछ्याइरहेका छन् । तर, मतान्तर बढ्दै जाँदा वाग्ले जीत्ने सम्भावना प्रबल बन्दै गएको छ ।

नेकपा एमालेका सर्वेन्द्र खनालको २ हजार ४३० मत छ । वाग्ले गोरखामा जन्मिएका हुन् भने भट्टराई र खनाल दुवै तनहुँमा जन्मिएका हुन् ।

मंसिर ४ को चुनावमा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको स्थानमा काँग्रेसलाई झड्का लाग्ने देखिएको छ । तनहुँ काँग्रेसको गढ मानिन्छ ।

तनहुँ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले ४ मंसिरको चुनाव जितेका थिए । बहुदल आएपछि काँग्रेसले लगातार जित्दै आएको उक्त क्षेत्रमा अहिलेसम्म तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठले मात्र जितेका छन् ।

प्रतिक्रिया