१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भेरी पुल भाँच्चिदा चार जनाको मृत्यु


0
Shares

काठमाडौं, ७ वैशाख । भेरी नदीको निर्माणाधीन पुल भाँच्चिदा चारजनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका तल्लुस्थित निर्माणाधीन बेलिब्रिज भाँच्चिदा उनीहरुको मृत्यु भएको हो । घटनामा चारजना घाइते भएका छन् ।

मान्छेहरु हिंडिरहेको अवस्थामा पुल भाँच्चिएको हो । पुलले जाजरकोट र रुकुम पश्चिमलाई जोड्छ ।

घटनापछि प्रहरी टोली उद्धारमा सक्रिय भइसकेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया