निक्षेपको ब्याजदर अधिकतम् ९.९९, कर्जाको घट्ने टुंगो छैन
काठमाडौं, २९ चैत्र । बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम् ९.९९ प्रतिशत राख्ने निर्णय लिएका छन् । आज बुधवार विहान बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय लिएका हुन् ।
अब कुनैपनि बैंकले ९.९९ प्रतिशत भन्दा बढी निक्षेपलाई ब्याज दिन पाउदैनन् । तर, कर्जाको ब्याजदरको भने टुंगो लागेको छैन ।
नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर बीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैत्रमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण पनि बैकहरुले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्नेछ ।
असारमा अधिकतम् कर्जाको ब्याजदर १३.९९ प्रतिशतभन्दा कम राख्न पाइनेछैन । अहिले बैंकहरुले १६ प्रतिशतसम्म ब्याजदर लिइरहेका छन् । यसले कर्जा लिनेहरु मारमा परेका छन् ।