२३ भाद्र २०८१, आइतबार | September 8, 2024

४ आना भन्दा कमको कित्ताकाट खुलाउने प्रचण्डको घोषणाले जग्गा कारोबारी उत्साही


0
Shares

काठमाडौं, २७ चैत्र । लामो समययता सुस्ताएको घरजग्गा कारोबार पुनः फष्टाउने संकेत देखिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गा कारोबारमा रहेको मन्दी अन्त गर्न पुरानै अवस्थामा कित्ताकाटको व्यवस्था गर्ने घोषणा गरे ।

प्रचण्डले ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाउने नयाँ व्यवस्थालाई पुरानै व्यवस्थाको त्योभन्दा पनि कम गर्न पाउने बनाउन दिने खुलाए ।

घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यसलाई दृष्टिगत गरी सरकारले कित्ताकाटलाई पुरानै अवस्थामा फर्काउन लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले आज सोमबार नेपाल चेम्बर अफ कमर्शको वार्षिकोत्वसमा घरजग्गा कारोबारको मन्दीले पारेको असरबारे बोले । यसकारण पनि पुरानै व्यवस्था लागू गर्नेतर्फ सरकार पुगेको संकेत गरे ।

पछिल्लो समय सरकारले काठमाडौं उपत्यकासहित मुख्य शहरहरुमा ४ आना भन्दा कम कित्ताकाट रोकेको थियो । यसले घरजग्गा कारोबारमा मन्दी आयो ।

प्रचण्डले कित्ताकाट ४ आनाभन्दा कम पनि गर्न मिल्ने गरी पुरानै व्यवस्थामा फर्काउने खुलाए । उनले बैंकको ब्याजदर पनि घटाउने उपाय ल्याउने बताए ।

प्रतिक्रिया