१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पाटन क्याम्पसमा नेविसंघका बागी उम्मेदवार शुसिल विष्ट विजयी


0
Shares

काठमाडौं, २६ चैत्र । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा शुशिल विष्ट निर्वाचित भएका छन् । अनेरास्ववियुका सुरेश जिसीलाई १६९ मतान्तरले पराजित गर्दै नेविसंघका इकाइ उपाध्यक्ष विष्टले ८४१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

जिसीले ६७२ मत प्राप्त गरेका थिए । नेविसंघको आन्तरिक द्धन्द्धका कारण गत चैत्र ५ गते सो क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । केन्द्रले सुरुमा विष्टलाई नै टिकट दिएको थियो ।

तर पछि अर्को समुहका युवराज थिङलाई पनि टिकट दिएपछि किचलो बढ्दै आएको थियो । नेविसंघभित्र सहमति जुट्न नसकेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया