३ आश्विन २०८१, बिहिबार | September 19, 2024

देवराजले किन ल्याए प्रचण्ड, ओली र देउवा एकै ठाउँमा


0
Shares

काठमाडौं, २५ चैत्र । देशका मुख्य तीन दलका नेताले संसदमा दर्ता भएका तीन महत्वपूर्ण विधेयक पारित गर्न एक ठाउँमा बसेर छलफल गरेका छन् । आज शनिवार सभामुख देवराज घिमिरेको संयोजनमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका हुन् ।

आजको छलफल माओवादीको हिंसात्मक द्वन्द्वपछिको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी विषय टुंग्याउन पनि सम्बन्धित थियो । जसमा सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक मुख्य विषय हो जुन संसदमा दर्ता भई अगाडि बढ्न सकेको छैन । जसका कारण संसद संचालनबारे सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद छ ।

संसदीय समितिमा लिएर जाने कि सिधै फाष्ट ट्रयाक मार्फत् फुल हाउसले टुंगो लगाउने भन्नेबारे मतभेद रहेको हो । बैठकपछि प्रधानमन्त्री प्रचण्डले सदनभित्रको सत्य निरुपणसम्बन्धी विधेयकको प्राविधिक पाटोबारे छलफल भएको जानकारी दिए । उनले आफूहरु विधेयक फाष्ट ट्रयाकबाट फूल हाउसबाट विधयेक पारित गरौं भन्ने पक्षमा रहेको र प्रतिपक्षी भने संसदीय समिति हुँदै लानुपर्ने पक्षमा रहेकाले बीचको बाटो खोज्न सकिने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फाष्ट ट्रयाकबाट गर्ने या नगर्ने बारे थप छलफल गरिने बताए । उनले सत्य निरुपणको विषय संसदीय समितिमा गएरमात्र अगाडि बढ्नुपर्ने अडान दोहोराए ।

सभामुख देवराज घिमिरेले नेताहरुबीच सामान्य कुराकानी सुरु भएको बताए । कुराकानी गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले आफूहरु २८ चैत्रमा फेरि बसेर सहमति निकाल्ने बताए ।

प्रतिक्रिया