१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालेनले किन गरे सिस्डोलमा नेतालाई डम्प गर्ने कुरा


0
Shares

काठमाडौं, २५ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेताहरुलाई डम्प गर्नुपर्ने विवादास्पद कुरा गरेका छन् । योसँगै उनले आजबाट सिंहदरबारको फोहोर नउठाउने भन्दै घोषणा समेत गरेका छन् ।

आक्रोशित तरिकाले बालेन साहले सरकारले फोहोरको व्यवस्थापनमा सहयोग नगरेको समेत टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्ः आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।

देश सफा गर्न नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणीले सामाजिक सञ्जाललाई तरंगित पारेको छ । उनले नेताहरुका कारण फोहोरको समेत व्यवस्थापन हुन नसकेको घुमाउरो संकेत गरेका छन् ।

पछिल्लो समय सुकुम्बासीका नाममा जग्गा हडप्नेलाई हटाउन खोज्दा सरकारबाट असहयोग भएको भन्दै बोलन असन्तुष्ट छन् ।

बालेन साह बेला बेलामा विवादास्पद अभिव्यक्ति दिइरहन्छन् । काठमाडौं उपत्यकाको फोहोरमा राजनीति हुँदा सिस्डोलको ल्याडफिड साइड अझै व्यवस्थित हुन सकेको छैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया