३१ भाद्र २०८१, सोमबार | September 17, 2024

‘केपी ओलीको पारस देखि ज्ञानेन्द्र शाह कनेक्सन’ बारे दुर्गा प्रसाईंको सनसनीपूर्ण खुलासा


April 6, 2023
0
Shares

काठमाडौं, २३ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहमै आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक मञ्चमा उतारेको दुर्गा प्रसाईंले खुलासा गरेका छन् । उनले आफूसँगको भेटमा ओलीले हिन्दु राष्ट्र स्थापनाको पक्षमा रहेको बताउने गरेको समेत दाबी गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई फागुनमा झापाको मेची पुल नजिक सार्वजनिक मञ्चमा प्रसाईंले नै उतारेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक रहेका प्रसाईंले बुधबार झापामा आयोजित एक सार्वजनिक कार्यक्रममा आफू एमालेमा छँदा ओलीले व्यक्तिगत भेटघाटमा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा रहेको बताउने गरेको खुलाए । ओली संघीयता खारेज गर्ने पक्षमा रहेको समेत प्रसाईंको दाबी थियो ।

प्रसाईंले आफूले नै ओलीसँग पूर्व युवराज पारस शाहको मोबाइल कुराकानी गराएको खुलाए । पूर्वराजा सहभागी कार्यक्रममा सहभागी हुने वचन ओलीले दिएको तर नआएको खुलासा गरे ।

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले एमाले छाडिसकेका छन् । उनी खुलेरै हिन्दु राष्ट्रको पक्षमा उभिएका छन् । प्रसाईंले आफ्नो अभियानलाई देशव्यापी बनाउँदै लगेका छन् ।

प्रतिक्रिया