२७ पुस २०८२, आइतबार | January 12, 2026

तनहुँ–१ मा कांग्रेसबाट १३ जनाको दरखास्त (नामावलीसहित)


0
Shares

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदको लागि तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाको दरखास्त परेको जनाएको छ । समितिको अनुुसार शुक्रबार ६ जना र शनिबार सात जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दरखास्त दिएका हुन् ।

केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिएका थिए भने शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले दरखास्त दिएका हुन् ।

प्रति उम्मेदवारी आकांक्षीसँग ६ हजार शुल्क लिइएको छ। उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना गर्ने र चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको योजना छ ।

प्रतिक्रिया