२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेकपा ब्युँताउन को को सक्रिय


March 25, 2023
0
Shares

काठमाडौं, ११ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने सक्रियता फेरि बढेको छ । यसमा देशभित्र र बाहिरका शक्ति समेत सक्रिय भएका हुन् ।

कम्युनिस्ट शक्ति कमजोर हुन थालेको विश्लेषण भइरहँदा एउटा समूह नै नेकपा ब्युँताउने अभियान चलाइरहेको छ । उनीहरु नियमित छलफल गर्दै आएका छन् ।

नेकपा ब्युँताउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एसका केही नेताहरु लागेका हुन् । उनीहरुले शिर्ष नेताहरुलाई पनि दबाब बढाइरहेका छन् ।

पछिल्लो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँताउने प्रयासबारे खुलाएका छन् । उनले यसबारे शुक्रवार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेको सार्वजनिक कार्यक्रममा नै खुलासा गरे । नेता नेपाल नेकपा एमालेसँग एकता चाहँदैनन् बरु सिधै नेकपा ब्युँताउने कुरा गरिरहेका छन् ।

त्यसो त नेकपा फुटेर नेकपा एमाले बन्दा माधव नेपाल पनि जिम्मेवार थिए । पछि उनी नेकपा एमालेमै रहे । तर, लामो समय केपी शर्मा ओलीसँग रहन सकेनन् ।

माधव नेपालले एमाले विभाजन गराएर नेकपा एकीकृत समाजवादी गठन गरे । त्यसपछि उनको ओलीसँग दूरी बढ्यो ।

मंसिर ४ को संसदको चुनावमा माधव नेपाल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलसँग गठबन्धन गरेर चुनाव लडे । उनको दलले १० सिट जित्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

प्रचण्डले ओलीसँग हात मिलाए । गठबन्धन टुट्यो । प्रचण्डले दुई महिनामै ओलीको साथ छाडे । उनी पुरानै गठबन्धनमा पुगे ।

नयाँ गठबन्धन एक महिना पुग्दा माधव नेपाल फेरि नेकपा ब्युँताउने कसरतमा पुगेका छ । उनले एक महिना अघि ओलीसँग भेटे । तर, सहमतिमा पुगेनन् ।

प्रतिक्रिया